भोजपुर (विराटनगर)। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सधैं पहिचानको पक्षमा रहेको बताउनु भएको छ ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति सुन्दरहरैंचाको प्रथम नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले पहिचानको मुद्दालाई कांग्रेसले जति कसैले पनि नउठाएको दाबी समेत गर्नुभयो ।
“कांग्रेसले विगतदेखि नै ‘द्वन्द्व पनि मेटिने र पहिचान पनि भेटिने’ भन्दै आएको छ,” डा.कोइरालाले भन्नुभयो, “पहिचानका नाममा समाजमा फाटो ल्याउने होइन भएका अलि अलि कहींकतै तुष छन् भने त्यसलाई पनि मेट्ने पहिचानको पक्षमा कांग्रेस छ ।” संघीय सांसद समेत रहनु भएका नेता कोइरालाले पहिचानका नाममा समाजलाई भत्काउने र द्वन्द्व बढाउने क्रियाकलाप कतैबाट पनि हुन नहुने बताउनुभयो ।
देशमा भ्रष्टाचार मौलाएको बताउँदै नेता कोइरालाले भ्रष्टाचारविरुद्ध सबै लाग्नुपर्नेमा जोड दिनुभयो । संघीय देखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको दाबी गर्दे नेता डा. कोइरालाले भन्नुभयो, “सरकारले जनतालाई सुशासनको अनुभूति दिन सकेको छैन, सुशासन बिना देशको विकास सम्भव छैन ।” सबैभन्दा पहिले तीनै तहको सरकारले सुशासन कायम गर्न लाग्नुपर्छ ।
भ्रष्टाचार र व्यथितीका कारण जनता निराश बन्दै गएको नेता कोइरालाले बताउनुभयो । “पछिल्लो समय युवाहरुमा यो देशमा केही हुँदैन, यहाँ बस्नु बेकार छ भन्ने सोच देखिएको छ,” कोइरालाले थप्नुभयो “उनीहरुमा आशा जगाउनु जरुरी देखिन्छ ।” राजनीतिमा मात्रै नभएर आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि अराजकता बढेको नेता डा. कोइरालाको धारणा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts