त्रिशूलीमा भेटियो दुर्घटनाग्रस्त बोलेरो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो ।

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली टोली परिचालन गरिएको छ । स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त टोली घट्नास्थलमा खटाइएको हो ।

ADVERTISEMENT

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?