त्रिशुलीमा गाडी खसेको आशङ्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । त्रिशुली नदीमा गाडी खसेको आशंका गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै सडकबाट नदीमा गाडी खसेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन नम्बर पुल नजिक सडकबाट ८० मिटर तल त्रिशुली नदीको पानीभित्र गाडीको लाइट बलेको जस्तो देखिएको खबर प्रहरीमा आएको थियो । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी बलको नायव निरिक्षिकको टोलि,चितवनका प्रमुख जिल्ला अधिकारीसहित विपद व्यवस्थापनको डुंगा लिएर प्रहरी त्यसतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *