काठमाडौं । नेपालका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरी ग्रामीण अर्थतन्त्रको सुधारमा केन्द्रित साना किसान विकास लघु वित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २२औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन पारित भएसँगै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँको १४.२५ प्रतिशतले हुने ४७ करोड ४७ लाख ५५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने नगद लाभांश दुई करोड ४९ लाख ८७ हजार एक सय ३६ रुपैयाँसहित कुल चुक्ता पुँजीको १५ प्रतिशतले हुने रकम ४९ करोड ९७ लाख ४२ हजा सात सय ३० रुपैयाँ वितरणका लागि प्रस्ताव पारित गरिएको छ । बोनस सेयर पारित भएसँगै लघुवित्तको कुल चुक्ता सेयर रकम तीन अर्ब ८० करोड ६३ लाख ७३ हजार सात सय ९८ रुपैयाँ पुगेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता