काठमाडौं । माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको तारुकामा १७ हल गोरु जुधाइएको छ ।
हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने गरिन्छ । जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो ।
तारुकाको गोरुजुधाइ मेलाको सफलतापछि ०६७ सालबाट बेत्रावतीमा पनि व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो ।
पछिल्लो केही वर्षदेखि पञ्चकन्यालगायत विभिन्न स्थानमा माघेसंक्रान्तिमा गोरु जुधाउन थालिएको छ ।













