काठमाडाैं । सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन शुरु गरेको छ ।
सोमवार प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभयो । उपभोक्ताको घरमा पानी पहिला नै पथान्तरण गरिसकिएको छ । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मेलम्चीको पानीको । दिगोपनाका लागि काम गर्न आग्रह गर्नुभयो । उहाँले आयोजनाहरु बनाउने, उद्घाटन गर्ने र केही समयपछि बन्द गर्नुभन्दा दिगोपनामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो पानी सधैँ आओस् । दिगोपनाका लागि हार्दिक शुभकामना दिन्छु । हामीले जहिले पनि आयोजनाहरु बनाउँछौँ, उद्घाटन गर्छौं, पानी आउँछ, केही समयपछि दिगोपनामा फेरि शंका उत्पन्न हुन्छ, यसलाई शिक्षाको रुपमा लिइ विगत दुई वर्षदेखिको कुरालाई शिक्षाको रुपमा लिइ तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै बनाएर जानसके कुनैपनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुन्छ ।’
मुख्यसचिव अर्यालले विगतका कमजोरीलाई शिक्षाको रुपमा लिइ तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै जानसके कुनैपनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुने बताउनु भयो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts