यसरी गर्नुहोस् जाडोमा फुस्रो छालाको हिफाजत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । जाडोमा विशेषत अधिकांश मानिसको छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने गर्दछ ।

छाला शरीरको वाहिरी पत्र हो, जो स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । तर, बाह्य संक्रमणले चाँडै प्रभावित हुने भाग पनि छाला हो । छालाको अनेक समस्या हुन्छन् । त्यस्ता समस्याका निदान पनि खोजिरहेका हुन्छौं । तर, प्रभावकारी रुपमा त्यसको निदान भएको हुँदैन ।

तुलनात्मक रूपमा सुक्खा छाला भएकालाई जाडोमा यो समस्याले झन् बढी सताउँछ । चिल्लो छाला हुनेलाई पनि नुहाएपछि छाला फुस्रो हुने खतरा निम्तिन सक्छ ।

सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको  खानेकुरा खाने गरिन्छ।  तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन्।

तसर्थ मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ।

जाडोको समयमा तातो पानीले मानिसको कोमल छालामा असर हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि यसको अत्याधिक प्रयोग गर्छन्। तर,  केही बेर तातो पानीमा नुहाउँदा दिउँसाेभर शरिरको छालामा फुस्रोपन लगायतका समस्या आउँछ। बरु मनतातो पानी प्रयोग गर्नाले यसमा त्यति ठूलाे असर हुँदैन। रगतको प्रवाहलाई पनि सुधार गर्ने भएकोले स्वास्थ्यका दृष्टिले पनि मनतातो पानी उपर्युक्त मानिन्छ।

छालालाई बचाउन अपनाउनुहाेस् घरेलु उपाय  

जाडोमा नुहाउँदा प्रयोग गरिने साबुनले पनि छालालाई थप फुस्रो बनाउन भूमिका खेल्छ । छालामा सकेसम्म साबुन प्रयोग नगर्नु नै राम्रो हुन्छ । अझ बास्नादार साबुन त रोज्दै नरोज्नुहोस् । यस्ता साबुनमा केमिकल हुने भएकाले छाला फुस्रो बनाउन भूमिका खेल्छ । छाला फुस्रो हुन नदिन घ्युकुमारी या नीम उपयुक्त हुन्छ । यिनलाई प्याकको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

तातो पानीले शरीरमा हुने प्राकृतिक तेल नास गरेर छाला रुखो बनाउँछ । चिसो मौसममा पनि तातो पानी प्रयोग नगर्ने, स्टिम बाथ लिनु नै काफी हुन्छ ।

नुहाउनुअघि पानीमा जैतुन या बदामको तेलका केही थोपा राख्दा राम्रो हुन्छ । यसले छाला नरम बनाएर राख्छ ।

ह छालाका लागि निकै नै उपयोगी चिज हो । मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउने र सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । तीन हप्तामा एकपटक यसो गर्दा सकारात्मक परिणाम आउँछ ।

सूर्यमुखी तेलमा भिटामिन ए, बी, सी,डी र ई प्रशस्त हुन्छ । त्यसैले छालामा यसको प्रयोग गर्नाले सुकेको तथा बिग्रेको छालामा सुधार हुन्छ । अनि नरम, कलिलो र चिसोपना गराइराख्न सहयोग गर्छ ।

ADVERTISEMENT

छाला रोग विशेषज्ञका अनुसार छाला सुख्खा, खस्रो, चमकहीन, नरम मुलायम र बच्चाको जस्तो हुनु, अनुहार फुल्नु आदि लक्षण थाइराइडको कारण पनि हुनसक्छ । कपाल धेरै झर्ने, कमजोर हुने, टुक्रिने र नङ कमजोर भइ टुक्रिने, छालाका रोग देखा पर्नु– दुवी, एलर्जी, कत्लेरोग, कालोपना, तालुपना आदि भएमा हामीले थाइराडको परीक्षण गर्नु उपयुक्त हुन्छ ।

अपनाउनुहाेस् यी सावधानी  

१. साबुन र तातो पानीले हात धुनुपर्छ । अर्थात हातको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ ।

२. खाने र पिउने भाँडावर्तन अरुसँग शेयर नगरौं ।

३. जसको छालाको संक्रमण छ, उनीहरुसँग सोझो सम्पर्कमा रहनु हुँदैन ।

४. सार्वजनिक स्थान, जस्तो जिम उपकरण, प्रयोग गर्नुअघि सफा गरौं ।

५. व्यक्तिगत सामान, जस्तो कम्बल, स्विम सुट आदि अर्को व्यक्तिसँग सेयर नगरौं ।

६. प्रत्येक रात कम्तीमा सात घण्टा सुतौं ।

७. पर्याप्त पानी पिउनुपर्छ ।

८. अत्याधिक शारीरिक तथा भावनात्मक तनावबाट बचौं ।

९. पौष्टिक आहार लिने गरौं ।

-पत्रपत्रिकाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज