जाडो मौसममा मांसपेशी दुखाईको समस्याबाट बच्ने घरेलु उपचार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । जाडो मौसममा मांसपेशीको दुखाईको समस्या बढ्न जान्छ । मासंपेशी दुखाईको अवस्थामा शरीर दुख्ने, चिडचिडपना हुनेजस्ता लक्षणहरु देखिन सक्छन् ।

मांसपेशीको तथा शरीरका नरम तन्तुहरुको दुखाई र ती तन्तुहरुको कडापन हुने वा थकित हुने खालका लक्षणसहितको दीर्घ दुखाईलाई फाईब्रोमायाल्जिया भनिन्छ ।

यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई लिएर अस्पताल पुग्ने गरेका छन्।

लामो समयदेखि र सहन समस्या पर्ने खालको दुखाई छ भने चिकित्सकको परामर्श लिन ढिलो गर्नु हुँदैन ।

बद्लिदो जीवनशैलीका कारण बिहान उठ्ने र बेलुका सुत्ने समयको सही समय नमिलेका कारण यि समस्याहरु निम्तने गर्दछन् ।आवश्यकताभन्दा बढी खानु वा दिनभर खानाको समय नमिलेर भोको बस्नुसमेत यस्ता समस्याका कारण हुन् ।

वास्तवमा यस रोगको बारेमा बिरामीले जान्नु नितान्त जरुरी छ। अन्यथा बिरामीहरु उपचारको खोजीमा धेरै चिकित्सकलाई भेटेर आफ्नो समय र पैसा खर्च गरिरहेका हुन्छन्। तर त्यसो गर्नु हुन्न। सम्बन्धित चिकित्सकले यस रोगका बिरामीलाई आवश्यक परामर्श दिन सक्छन्।

मधुमेह : शरीरमा ‘इन्सुलिन’ नामक तत्वको असन्तुलनले मधुमेह रोग लाग्ने गर्दछ । लगातार मांसपेशी दुख्छ भने मधुमेह रोगको संकेत हुन सक्छ ।

मलेरिया – मलेरिया वा भाइरसको संक्रमण शरीरमा भएमा पनि मांशपेसी बेस्सरी दुख्ने गर्दछ ।

गठिया – गठियाको समस्याका कारण शरीरमा रक्तसंचार प्रणाली बिग्रन्छ र मांशपेसीको दुखाईको महसुश हुन्छ । त्यसैले, मांसपेशी दुखाईले गठिया रोगको संकेत पनि दिइरहेको हुन्छ ।

तनाव – हाम्रो शरीरमा ‘कार्टिसोल’ नामक हर्मोन बृद्धिले तनाव बढ्ने हुन्छ । यसका साथै मांशपेसीमा पनि दुखाई बढ्दै जान्छ ।

ADVERTISEMENT

डिहाइड्रेसन – शरीरमा पानीको कमी भएमा मांशपेशी खुम्चन थाल्छ । यसले मांशपेसीमा दुखाई हुन्छ ।

फ्लू – फ्लूका कारण पनि शरीरमा रक्त संचार प्रक्रिया बिग्रने भई मांशपेसीमा दुखाई अनुभव भएकाे पनि हुनसक्छ ।

त्यसैले, यस्ता समस्याबाट बच्नका लागि यी घरेलु उपचार अपनाउन सकिन्छ :

– मांसपेशीको दुखाई कम गर्नका लागि लसुनको तेल प्रयोग गर्न सकिन्छ । लसुनको ४ केस्रा र तोरीको तेल मनतातो बनाई मांसपेशी दुखेको ठाउँमा मालिस गर्न सकिन्छ ।

–स्याउको सिर्कामा एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ, जसले मांसपेशी दुखाई कम गर्न मद्दत गर्दछ । त्यसैले यसले शरीरमा मालिस गर्न सकिन्छ ।

–दालचिनीको तेलले मांसपेशी दुखाईमा आराम दिने गर्दछ । दालचिनीको तेलमा दुईवटा लसुनको केस्रो मिलाएर १० मिनेटसम्म मालिस गर्न सकिन्छ ।

– सिदेनुन हालेर तातोपानीले नुहाउन सकेमा पनि मांसपेशी दुखाईमा राहत पाउन सकिन्छ ।

– बेसारमा एन्टीइन्फ्लामेटरी गुण हुने गर्दछ, जुन मांसपेशी दुखाईको राहत लागि राम्रो मानिन्छ । त्यसैले दुधमा बेसार मिलाएर पिउन सकिन्छ ।

पत्रपत्रिकाकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?