क्यालिफोर्निया । अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटना भएको छ ।हेलिकप्टर खसेको बेला नियमित प्रशिक्षण भइरहेको थियो ।
अमेरिकी सेनाका प्रवक्ताले नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको पुष्टि गर्नुभयाे । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार हेलिकप्टरमा जम्मा ६ जना सवार हुनुहुन्थ्याे । उहाँहरू सामान्य घाइते हुनुभएकाे छ । अमेरिकी नौसेना कमाण्डरका अनुसार एमएच–६० आर हेलिकप्टर साँझ ६ः४० बजे दक्षिणी क्यालिफोर्नियामा दुर्घटनामा परेको थियो।
सेनाका प्रवक्ताले हेलिकप्टरमा रहेका चालक दलका सदस्यहरु घाइते भएको तर अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको बताउनु भयाे । यस सम्बन्धमा अहिलेसम्म थप जानकारी दिइएको छैन ।
घटनास्थलमा अमेरिकी कोस्ट गार्डका कर्मचारीहरू उपस्थित हुनुहुन्छ ।विभागले अहिले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts