काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७१ करोड चार लाख २१ हजार रुपैयाँ रहेको छ । अरुण काबेली पावरले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङबीचमा बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् परियोजना २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता