७४ बर्षको उमेरमा नागरिकता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १ की भुटी सदा ७४ बर्षको उमेरमा नागरिकता पाएपछि खुसी हुनुहुन्छ । ७४ बर्ष पुग्दासमेत उहाँले नागरिकता पाउनुभएकाे थिएन । पहिलो पटक नागरिकता पाएपछि बृद्धा सदाले खुसीव्यक्त गर्नुभयाे ।

नागरिकता नवनाउँदा सदाले नेपाल सरकारबाट प्राप्त हुने बृद्ध भत्तासमेत लिनबाट वञ्चित हुनुभएकाे थियाे । नागरिकता बनाउन सदरमुकाम धाउनु पर्ने र नागरिकता बनाएपछि हुने फाइदाबारे थाहा नहुँदा उहाँले नागरिकता नबनाएको उहाँका आफन्तले बताए ।

२००७ सालमा जन्मिएकी ७४ बर्षिय भुटी सदाले नागरिकता मात्र पाउनुभएन उहाँले जीवन जिउने सहारा समेत पाउनुभयाे । उमेरले सात दशक काटिसकेकी सदाले नेपाली नागरिक भएको पहिचानसमेत नपाउँदा राज्यले दिएको सम्पुर्ण सेवा सुविधाबाट बञ्चित हुनुहुन्थ्याे ।नागरिकता लिएपछि उहाँले भन्नुभयाे, 'अब बृद्धा भत्ता पाउने भइयो।’

ADVERTISEMENT

बिगतका एक दुई बर्ष देखि नागरिकता लिने प्रयास गरे पनि नागरिकता पाउन नसकेकी भुटी सदालाई जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत सुरेन्द्र गौतमले नागरिकता हस्तान्तरण गर्नुभयाे ।

त्रियुगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज चौधरीले उहाँलाई नागरिकता दिलाउन गाउँमा सर्जिविन मुचुल्का बनाउन देखि सम्पुर्ण ठाउँमा आफै पुगेर उहाँलाई आफ्नो सवारी साधनमा बसाएर सदरमुकाम ल्याई उहाँको हातमा नागरिकता राखिदिँदा आफुले नागरिकता पाएको भन्दा खुसीको क्षण भएको सुनाउनुभयाे ।

पहिले नागरिकता बनाएर के गर्न छ र भनेर नागरिकता बनाउनु भएन तर पछिल्लो समय वृद्ध भत्ता समेत नपाए पछि नागरिकता प्राप्त गर्न वडा धाउन थाल्नुभएकाे थियाे । उमेर र ताकतले चाहेको ठाउँ सम्म पुग्न नसकेर सम्पुर्ण कागजात जम्मा गरेर नागरिकता प्राप्त गर्न नसकेकी भुटीले वडा अध्यक्ष चौधरी सँग गएर नागरिकता बनाउन आफुलाई सहयोग गर्न बिन्ती गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?