नेपाली माटोले आफ्नो इतिहास भुल्न सक्दैन : ज्ञानेन्द्र शाह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाई अनुसरण गरेर त्यसको पदचाप पछयाउनु पर्ने बताउनु भएकाे छ  ।

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै पुर्व राजा शाहले गौरवशाली व्यक्तिको रूपमा स्मरणा गर्नु पर्ने बताउनु भएकाे हाे ।

ADVERTISEMENT

‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं,’ शाहले शुभकामना सन्देशमा भन्नु भएकाे छ, ‘आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं, त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई।’

उहाँले शुभकामना सन्देशमा अगाडी भन्नु भएकाे छ, ‘राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो, सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन्, हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *