
ढाका । बंगलादेश अवामी लिग पार्टीकी नेत्री शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लिगकी नेत्री शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
उहाँको यो लगातार चौथो कार्यकाल हो । आवामी लिगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उहाँलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।
आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उहाँले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको शपथ लिनुभएको थियो ।
निर्वाचन आयोगले मंगलबार अपराहृन प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचना अनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उहाँको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच