काठमाडौं । ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति बाँसबारीले प्रवचन गोष्ठी गरेकोे छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा बुधबार समितिका अध्यक्ष अस्मिता भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्वप्रधान सेनापति प्यारजंग थापा रहनुभएको थियो ।
वक्ताहरूमा राष्ट्रनिर्माता पृथ्वीनारायण वृतचित्र निर्माता एवं अन्तर्राष्ट्रिय महासचिव अमरकेशर सिंह, सम्मानित व्यक्तित्व भरत बस्न्यात, प्रा.डा.सुरेन्द्र केसी, पूर्वराजदूत रामभक्त ठाकुर, पूर्वमन्त्री दीनबन्धु अर्याल, प्राज्ञ दिनेशराज पन्त, सर्वोच्चका पूर्वन्यायाधीश एवं नेपाल राष्ट्रिय समितिका सभापति राजेन्द्रकुमार भण्डारी रहनुभएको थियो ।
उहाँहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको विषयमा विचार व्यक्त गर्नुभएको थियो । सञ्चारकर्मी राजन न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा पृथ्वी विचार अभियन्ता समाजसेवी भरत बस्नेतलाई सम्मान गरिएको थियो ।







Breaking news with related posts