काठमाडौं । सनातन धर्ममा, हप्ताको प्रत्येक दिन कुनै न कुनै देवताको पुजा गरिन्छ । त्यसैगरी बुधबार भगवान् श्रीकृष्णको पूजा-आराधना गरी व्रत बस्दा आशीर्वाद मिल्छ भन्ने जनविश्वास छ ।
यस दिन भगवान श्रीकृष्णलाई प्रसन्न पार्न धेरै मानिसहरूले विभिन्न उपायहरू अपनाउँछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ।
यदि तपाई पनि भगवान श्रीकृष्णलाई प्रसन्न पार्न चाहनुहुन्छ भने बुधबार अवश्य राधा चालिसाको पाठ गर्नुहोस् । राधा चालिसाको पाठ गरेर, भगवान श्री कृष्णले आफ्ना भक्तहरूलाई सधैं आशीर्वाद दिनुहुन्छ र तिनीहरूलाई सबै समस्याहरूबाट मुक्त गर्नुहुन्छ।
कृष्ण भगनवानको पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।
साथै हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी देवताको कृपा हुने गर्छ। त्यस्तै बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
यसो त भगवानको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ । व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।
खासगरि भजन एवं मन्त्रहरु वाचन गर्दा मिठासकोनिम्ति तोकिएका शब्द संख्यालाई छन्द तथा लय मिलाएर गाइन्छ । जस्तै गायत्री मन्त्रको आठ अक्षरका तीन चरणले बनेका चैबीस अक्षरको भजनलाई लिन सकिन्छ ।
ॐ भूर्भुवस्वः, तत्सुवितुर्वरेन्यम् , भर्गो देवस्व धीमही, धियो यो न प्रचोदयात् ,
त्यस्तै प्रकारले १६ अक्षरको राम कृष्ण भजन, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे, को लयमा पनि मिठास पाइन्छ ।
‘हे गोविन्द, हे दामोदर, हे माधव’
श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव, गोविन्द, गोविन्द हरे मुरारी, गोविन्द, गोविन्द मुकुन्द कृष्ण, गोविन्द दामोदर माधव ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts