ढाका । सत्तामा आफ्नो पाँचौं कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ । कुनै बेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गर्नुभएको छ तर उहाँको सरकारमाथि ठूलो मात्रामा मानव अधिकार उल्लंघन र असहमतिमाथि निर्मम कारबाहीको आरोप लगाइएको छ ।
‘निर्वाचन स्वतन्त्र र निष्पक्ष थियो’, उहाँले आइतबार मतदान गरेपछि आफ्नो पहिलो टिप्पणीमा पत्रकारहरूसँग भन्नुभयो । जम्मा ४१ दशमलव आठ प्रतिशत मात्र मतदान भएको आइतबारको निर्वाचनमा विपक्षीहरूको बहिष्कारपछि उहाँको पार्टीले तीन चौथाइ सिट हासिल गरेको छ ।
‘कुनै पार्टीले निर्वाचनमा भाग लिएन भने त्यहाँ लोकतन्त्र छैन भन्ने होइन’, उहाँले भन्नुभयो, ‘आलोचना गर्न चाहनेले आलोचना गर्न सक्छ ।’ विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)ले आमहड्तालको आहृवान गरेको थियो भने अन्य दर्जनौं दलले निर्वाचन बहिष्कार गरेका थिए । बिएनपीका वरिष्ठ नेता मोइन खानले सोमबार ढाकामा पत्रकारहरूसँग निर्वाचनलाई ‘नक्कली निर्वाचन’ भन्दै सरकार ‘अवैध’ रहेको बताउनुभयो ।
निर्वाचन आयोगका सचिव मोनिरुज्जमान तालुकदारले हसिनाको पार्टीले आइतबारको निर्वाचनमा २२३ सिट जितेको बताउनुभयो । यद्यपि अन्य सांसदको समर्थनमा तीन सय सिटको संसद्मा उहाँको वास्तविक नियन्त्रण अझ बढी भएको विश्लेषकहरूले बताएका छन् । रिक्साचालक ४२ वर्षीय मोहम्मद साहिनले भन्नुभयो, ‘यो स्थानीय छिमेकी वा बजार संघ निर्वाचनको जस्तै देखावटी निर्वाचन थियो ।’
छयत्तर वर्षीया हसिनाले आइतबार मतदानपछि नागरिकसँग लोकतान्त्रिक प्रक्रियामा विश्वास देखाउन आहृवान गर्दै बिनपीलाई ‘आतंकवादी संगठन’ नाम दिनुभयो । इलिनोइस स्टेट विश्वविद्यालयका अलि रियजले एएफपीलाई भन्नुभयो, ‘यो एक दलीय संसद् हो, निर्वाचनमा अवामी लिगका सहयोगीलाई मात्र भाग लिने अवसर प्राप्त भएको थियो ।’ रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements