एनआरएनएमा २१ सदस्य सल्लाहकार समिति चयन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ सदस्य सल्लाहकार समिति चयन गरेको छ ।

एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो ।

एनआरएनएको सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके,शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका,आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा,डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी,रोशन केसी जापान,सुवास जोशी बेल्जियम,मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम,चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल रहनुभएको छ।

ADVERTISEMENT

यस्तै बैठकले रित्त रहेको क्षेत्रीय संयोजक पदमा नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजक,विशाल पोखरेल, महिला सहसहसंयोजक मनिषा अर्याल ,अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय संयोजकमा सरिता भट्ट पाण्डेलाई चयन गरेको छ ।

यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट,न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले विश्वभरका गैरआवासीय अभियन्तालाई समेटेर सल्लाहकार चयन गरेको जानकारी दिनुभयो । अर्को बैठकमा आइसीसी सदस्य चयन गरिने र विज्ञ सहितको उच्च स्तरिय समिति गठन हुने जानकारी शर्माले दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज