काठमाडौं । बाघ बछला बहुउद्देश्यीय सहकारीको शनिबार काठमाडौंमा सम्पन्न १७औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १५ प्रतिशत लाभांस दिने भएको हो ।
एक वर्षभन्दा बढी भाका नाघेको कर्जाको शतप्रशित, एक वर्षभन्दा कम भाका नाघेको कर्जाको ३५ प्रतिशत र मौज्दातमा रहेको असल कर्जाको एक प्रतिशत रकम शंकास्पद ऋण कोषमा बिनियोजन नगरी लाभांश बाढ्न नपाइने सहकारी विभागको निर्देशनलाई पालना गर्दै उक्त कोषमा पर्याप्त रकम राखी लाभांश प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष तेजबहादुर भूर्तेलले बताउनुभयो ।
बागमती प्रदेश, पर्यटन तथा संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जन, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका, सहकारी शाखाका प्रमुख राजुबहादुर खड्का, चन्द्रागिरि नगरापलिका–२ का पूर्ववडा अध्यक्ष गोपी सुर्खेतीलगायतको उपस्थिति रहेको साधारणसभामा अध्यक्षले संस्थाका गतिविधिबारे जानकारी दिनुभएको थियो ।
संस्थाले यस वर्ष कीर्तिपुर अस्पतालको प्राविधिक सहयोग र चन्द्रागिरि नगरपकालिका-२ सँगको समन्वयमा मोती बिन्दुसम्बन्धी आँखा शिविर सञ्चालन गरेको थियोे, जसमा दुई सय ५० जना बढीले आँखा परीक्षण गरी लाभ लिएका थिए भने १५ जनाको मोतिबिन्दुका रोगीको सहकारीले आफ्नोतर्फबाट शल्यक्रियाको खर्च व्यहोरी आँखा देख्न सक्ने बनाएको छ । संस्थाको शैक्षिकवृत्ति कोषबाट दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै आफ्ना ज्येष्ठ नागरिक सदस्यलाई यस वर्ष तीर्थघाटन लैजानसमेत बजेट विनियोजन गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts