तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाईल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ADVERTISEMENT

राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपात हुनुका साथै देशका तराई भू-भागका केही स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?