काठमाडौं । नेपाल विज्ञापन संघ (आन)को २४औ वार्षिक साधारणसभाले ११औं केन्द्रीय कार्य समिति निर्वाचित गरेको छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको र सुदीप थापाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको आनले जनाएको छ ।
प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पकज लाल प्रधान, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।
सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल रहेको आनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यले आइतबार शपथ लिएका छन् । यसपटकको कार्यसमितिमा सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्वको रहेको आनले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता