काठमाडौ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ४७औं वार्षिक साधारणसभाले करण चौधरीलाई अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गर्दै १७ केन्द्रीय कार्य समिति सदस्यसमेत सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निवर्तमान अध्यक्ष डा.धु्रव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको हो ।
त्यस्तै महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । संंस्थागत सदस्यमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ भने केन्द्रीय कार्य समितिको सदस्यमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, सञ्जयकुमार खेतान, नवराज भुसाल, ऋद्धि कार्की, दीपेन्दकुमार मिश्र र सौरभ थापालाई निर्वाचित गरेको छ ।
सोही क्रममा नाडाको उक्त विधानबमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, नीलमणि पाठक र सोहन श्रेष्ठलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गर्नुभएको नाडाले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता