काठमाडाैं । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल-बुर्हानले सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताउनुभएको छ । विद्रोहीहरूसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभएको हो ।
उहाँले पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गर्नुभयो ।
सुडानले १५ अप्रिल, २०२३ देखि एसएएफ र आरएसएफ बीचमा द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्र संघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार यस लडाइमा १२ हजार भन्दा बढी मानिसहरू मारिएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा