उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।

त्यस अवसरमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटनलगायतका विविध आयामका विषयमा संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं अति घनिष्ट सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ट र अरु उच्च बनेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “नेपाल र युनानका भौगोलिक तथा सामाजिक र सांस्कृतिक विशेषतामा धेरै समानता छ, नेपाल र युनानबीचको सम्बन्ध हालका वर्षहरूमा व्यापार, लगानी, संस्कृति, शैक्षिक आदान–प्रदान र जनताबीचको सम्बन्धमा निरन्तर बढ्दै गएकामा खुसी व्यक्त गर्दछु ।”

ADVERTISEMENT

उपराष्ट्रपति यादवले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी, युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शि युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्व दिएरै यो सम्भव भएको बताउनुभएको थियो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *