मोहनापुल अत्तरिया ६ लेनअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । कैलालीमा मोहनापुल-अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरिएको छ । कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दाँया र सात दशमलव १४ किलोमिटर बाँया सडकको दुबैतिर साइकल लेन निर्माण गरिएको छ ।

उपमहानगरपालिकाले विकास निर्माण सेवा बाँकेसँग ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख कन्दकला कुमारी रानाले साइकल लेनको शनिवार बिहान उद्घाटन गर्नुभएको हो । उहाँले धनगढीको ट्राफिक चौराहमा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गनुभएको हो । उद्घाटन गर्नु हुँदै उपमेयर रानाले छुट्टै साइकल लेन निर्माण भएपछि दुर्घटनामा कमीआउने बिश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख गोपाल हमालसहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाउनु भएको छ । साइकल लेनको उद्घाटन स्थलमा नगर प्रमुख हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गर्नु भएको छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘साइकल यात्रीको पनि सडकमा हक छ । ठुलो सवारीका चालकहरुलाई सन्देश दिएका हौ । ‘साइकललाई क्षेत्र दिन भनेका हाैँ । साइकल बिच सडकमा पनि चलाउनु भएको हुन्छ। हामीले लाइन छुट्याएका छौं । साइकलका लागि सडक छैन । अहिले हामीले साइकलका लागि ठाउँ दिएका छौ । उहाँहरुको अधिकार पनि हो । दुर्घटना पनि कम हुन्छ ।’ धनगढी उपमहानगरपालिकाले पर्यावरण, सडक सुरक्षा र साइकल यात्रीको सुरक्षाका लागि लेन निर्माण गरिएको बताएको छ ।

नगर प्रमुख हमालले भन्नुभयो, ‘पर्यावरण र स्वास्थ्यमा साइकल चलाउदा राम्रो हुन्छ। साइकल यात्रीहरुको सम्मानका लागि हामीले पहिलो चरणमा ६ लेनमा साइकल लेन बनाएका छौ। क्रमिक रुपमा विकास गर्दै जानेछौ ।’ सुदूरपश्चिममै पहिलो पटक साइकल लेनको निर्माण गरेर उद्घाटन समेत गरिएको छ ।

नेपालमा पहिलो पटक लामो साइकल लेनको उद्घाटन गरिएको साइकल यात्री भरतविक्रम शाहले बताउनुयभो । उहाँले भन्नुभयो, ‘साइकललाई सम्मानको रुपमा हेरिएको छैन । धनगढीले साइकल यात्रीलाई सम्मान गरेको छ। हामीलाई पनि स्थान दिइएको छ । साइकलमैत्री सडक निर्माण गर्न सुरु भएको छ।’ धनगढी उपमहानगरापलिकाले निर्माण गरेको साइकल लेनको उद्घाटनमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, डिभिजनल इन्जिनियर दीजराज भट्टलगायतका कर्मचारीलगायतको सहभागिता थियो । उपमहानगरपालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको भने कार्यक्रममा सहभागिता थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?