काठमाडौं । मुक्तिनाथ विकास बैंकले १७औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डा. महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाइकलका लागि पाँच लाख आर्थिक सहयोगका गरेको छ । साथै बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत एक सय ६६ युनिट रगत संकलन गरेको छ ।
बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयमार्फत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, दृष्टिविहीन नागरिकलाई सेतो छडी, अनाथलय, बालआश्रम तथा वृद्धाश्रममा विभिन्न सामग्री, फोहोरमैला व्यवस्थापनका लागि डस्टविन वितरणका साथै वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरतालगायत कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सोही अवसरमा बैंकले १० वर्षभन्दा लामो समयसम्म बैंकमा कार्यरत एक सय ३५ कर्मचारीलाई सम्मान पनि गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा