काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३४ रुपैया, रातो भारतिय आलु ३० रुपैयाँ रहेको छ।
हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैयाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी, शुक्रबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ ।
शुक्रबार तरकारी र फलफूलको मूल्यसूची










देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता