छतमा यात्रु राखेको भन्दै चालक निलम्वीत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-श्याम घिमिरे

अर्घाखाँची । अर्घाखाँचीमा सञ्चालित अर्घा भगवती यातायात प्रा.लि.ले छतमा यात्रु राखेको भन्दै प्रालिकै सवारी चालकलाई निलम्वन गरेको छ ।

बुधवार बिहान बुटवलबाट सन्धिखर्कको लागि छुटेको लु १ ज ४८८३ नम्बरको यात्रु वाहक विद्युतिय सवारी साधनले यात्रुलाई छतमा राखि हिडेको भिडियो सार्वजनिक भएको भन्दै चालकलाई निलम्वन गरिएको प्रालिका अध्यक्ष के.बी भुसालद्वारा जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

ADVERTISEMENT

सवारी साधनले छतमा यात्रु राखि हिडेको भिडियो बिभिन्न सञ्चार माध्यममा सार्वजनिक भएकोप्रति प्रालिको गम्भिर ध्यानाकर्षण भएको बताउदै चालकको लापरवाहीका कारण सो कार्य हुनपुगेकाेले उक्त विषयमा यातयात प्रा.लि.ले क्षमा याचना समेत गरेकाे बिज्ञप्तीमा जनाइएको छ ।

यसैबिच प्रालिले छोटो समयमै प्रालिलाई मायागर्ने सम्पुर्ण यात्रु महानुभावहरु संगै सवारी चालकको लाहपरवाहीको भिडियो बनाई सजक बनाउने सबैलाई धन्यवाद समेत प्रदान गरेको छ । प्रालिले स्तरिय सेवाप्रतिको समर्पणमा प्रतिवद्धता रहेको व्यहोरा समेत उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?