✍️ केशव चौलागाई
बालबालिकाहरु आफूभन्दा ठूला मानिसबाट सजिलै प्रभावित हुने गर्दछन् । पूज्य व्यक्तिको व्यवहार, रहनसहन, शिष्टाचार, मानमर्यादा, सद्भाव, मिठो बोलीवचन एवं असल आचरणको अनुशरण गरिरहेका हुन्छन् । घरमा अभिभावक मोबाइल धेरै समय चलाउँछन् भने उनीहरु पनि त्यही सिको गर्न पुग्दछन् । अभिभावकको शिष्ट व्यवहार, प्रेमिल बोली, संस्कारी आचरण छ भने उनीहरु पनि त्यस्तै संस्कारको सिको गर्न थाल्छन् । तसर्थ बालबालिकाको असल आचरण विकासमा अभिभावकको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
बाल्यकालदेखि नै असल संस्कार बीजारोपण भएको मानिस नै असल बन्दछ । असल संस्कारले व्यक्ति परिवार, समुदाय हुँदै राष्ट्रको उत्थान गर्न सक्दछ । हामीले असल कर्म गर्न मन, वचन र कर्मदेखि लाग्नु पर्दछ । मातापिता र गुरु वचन शिरोधार्य गर्नु पर्दछ । हामीले मीठो बोल्दा कस्तो असल मानिस भनेर प्रशंसा गर्न पुग्दछन् भने त्यही मुखले खराब शब्द प्रयोग गर्दा तुरुन्तै नराम्रो अवस्था आउन सक्छ, खराब मानिसको दर्जा पाउन सकिन्छ । तसर्थ हाम्रा सबै अंगहरुलाई सही तरिकाले प्रयोग गर्न जान्नु पर्दछ । यस्तो संस्कार हरेक मानिसले आफ्ना अभिभावबाट सिक्ने गर्दछन् ।
धिकांश अभिभावक आफ्ना सन्तानलाई समय दिन भ्याउँदैनन्, पाउँदैनन् अथवा भनौं दिँदैनन् । विद्यार्थीहरुको रुचि, चाहना, आवश्यकता, सम्बन्ध, प्रतिभा, व्यावहारिकता आदि–इत्यादि कुरा बुझ्न अभिभावकले आफ्ना सन्तानका लागि निश्चित समय छुट्याउनुपर्दछ, नछुट्याउनु, ग्रामीणभन्दा पनि शहरी शिक्षित समाजको बढ्दो समस्या हो ।
धेरैजसो अभिकावक हाम्रा बाबुनानीहरुले धेरै समय विद्यालयमै बिताउने भएकाले पढाइको जिम्मा शिक्षकले नै लिनुपर्दछ भन्दछन् । बिहानबेलुका ट्युशन क्लास पनि हालेकै छ । फिस पनि तिरेकै छ । हामीलाई कहाँ फुर्सद छ ? व्यापर भन्यो, नोकरी गर्यो, भान्सामा काम गर्यो, फूलबारी-करेसाबारीमा हात डुलायो । आफूले धेरै पढेको होइन । यसरी सोचेर बस्न कहाँ पाइन्छ ? सर मिसले हो सोच्ने । पक्कै पनि यही उत्तर आउन सक्छ अभिभावकको ।
हरेक बालबालिकाको पहिलो पाठशाला घर अनि पहिलो गुरु आमालाई मान्ने गरिन्छ । हुन पनि आमाले बालबालिकालाई जन्म दिएपछि आमाकै काखमा सबैजसो बालबालिका हुर्कने गर्दछन् । आमाकै बात्सल्य प्रेममा खान, बोल्न, हिँड्न, खेल्न, पढ्न सुरु गर्दछन् । आमाबुबाले घरमा जस्तो कर्म गर्यो त्यस्तै कर्म गर्न खोज्दछन् । तिमी अहिले सानै छौं यो काम गर्न सक्दैनौ भन्दा पनि म सक्छु, म गरिहाल्छु नि भनेर भन्ने गर्दछन् । त्यसैगरी घरमा रहनुहुने आफ्ना हजुरबुबा, हजुरआमा, काका-काकी, ठूलोबुबा, ठूलोममी, दादा-दिदीलगायत घर वरिपरि छिमेकमा रहनुहुने आफ्ना साथीसंगीसँगको हेलमेलले पनि बालबालिकाको पढाइ, लेखाइ, बोलाइ, खेलाइ, हिँडाइ सबै कुरामा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव परिरहेकै हुन्छ ।
त्यसमा पनि आमाको कर्मको प्रभाव हाम्रो समुदायमा छोराछोरीमा बढी नै पर्ने गर्दछ, स्कुलमा पढ्ने विद्यार्थी अधिकांश घरमा पढ्दैनन् । धेरैजसो अभिभावको गुनासो हुने गर्दछ । यसो हुनुमा अभिभावकको दैनिकी र जीवनशैलीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सत्य, प्रेम, खुसी, करुणा, न्याय, अहोभाव, असलकार्य, सकारात्मक सोच आदर-सत्कार–सम्मान जस्ता मानवीय मूल्यमान्यताको सहयोगले बालबालिकालाई सत् मार्ग पथमा अगाडि बढाउन सकिन्छ । बालबालिकालाई दबाबले भन्दा पनि असल व्यवहारले परिवर्तन गराउन सक्नुपर्दछ । उत्सुकता धेरै हुने, साथीसँगीसँग घुम्ने, विश्वास गर्ने, अश्लीलतामा रमाउन पुग्दा आमाबुबाले दण्ड दिने हुँदा आमाबुबासँग पीडाको अनुभव गर्ने, परिवारलाई शत्रु महसुस गर्ने गर्दछन् ।
यसो हुँदा डिप्रेसनमा जाने, पढाइ छाड्ने, घर छाड्ने, घरमा खबर नगर्ने हुँदै गई गम्भीर प्रकारको मानसिक रोगसमेत निम्तिन पुग्दछ । असल अभिभावकले आफ्ना बालबालिकालाई माया, प्रेम, सद्भाव, असल पारिवारिक वतावरण, प्रसन्नता, साझेदारीपूर्ण परिवेस आपसी सहयोग, परेका अप्ठ्यारा फुकाउँदै सहजीकरण, सामाजिक मूल्यमान्यता, पथपर्दशकको भूमिका खेल्नुपर्दछ । बच्चाको सर्वोपरी हित नै अभिावकको आधारभूत चासो हुनुपर्दछ ।
अधिकांश अभिभावक आफ्ना सन्तानलाई समय दिन भ्याउँदैनन्, पाउँदैनन् अथवा भनौं दिँदैनन् । विद्यार्थीहरुको रुचि, चाहना, आवश्यकता, सम्बन्ध, प्रतिभा, व्यावहारिकता आदि-इत्यादि कुरा बुझ्न अभिभावकले आफ्ना सन्तानका लागि निश्चित समय छुट्याउनुपर्दछ, नछुट्याउनु, ग्रामीणभन्दा पनि सहरी शिक्षित समाजको बढ्दो समस्या हो ।
सानैदेखि बालबालिकालाई सकारात्मक व्यवहार दिनुपर्दछ । असल व्यवहारले नै असल भविष्यको आधार निमार्ण हुने हुँदा हरेक अभिभावकले असल व्यवहारसँगै नैतिक शिक्षा प्रदान गर्नु पर्दछ । अभिभावकबाट मायालु, आत्मीय, आदरणीय, दयालु उदाहरणीय व्यवहार देखाउन सकेमा उनीहरुमा सकारात्म छाप पर्दछ ।
आफ्ना कुरामा पनि गाली गर्ने, समस्यालाई ठूलो बनाइदिने, गर्नु हुँदैन । नयाँ कुरा सिक्न निरन्तर उत्साही एवं जागरुक गराउनुपर्दछ । पढ्ने वातावरण निर्माण गर्न माया, उपहार, पुरस्कार, हौसला जस्ता कुराहरु दिँदा थप बल पुग्दछ । आफ्ना छोराछोरीको नजिकको मित्र जस्तो अभिभावकत्व निर्वाह गर्नु पर्दछ । गल्ती जो केहीबाट पनि हुनसक्छ । काम बिग्रनु स्वाभाविक प्रक्रिया हो । गल्ती हुनु र गल्ती दोहोर्याउनु फरक कुरा हो । गल्तीलाई दोहोर्याउनु महागल्ती हो । एकै प्रकारको गल्ती बारम्बार दोहोर्याउनु हुँदैन । गल्ती गर्दैमा डराउने, अत्तालिने, पिट्ने, कराउने, होच्याउने, तर्साउने र सजाय दिने जस्ता व्यवहार गर्नु हुँदैन ।
ठूला अनुभवी मानिसको त काम गर्दै जाँदा गल्ती हुनसक्छ भने सिकारु नानीबाबुहरुले बिगार्नु कुनै नौलो कुरा होइन । विद्यार्थीले परीक्षामा बिगार्दैमा सजाय दिएरभन्दा आगामी परीक्षामा के कसरी राम्रो अंक ल्याउन सकिन्छ भनेर सुधारका उपायको खोजी गर्नुपदर्छ । उनीहरुलाई पिट्ने, सजाय दिने, मानसिक तनाव दिने कदापि गर्नु हुँदैन । त्यसो गर्दा उनीहरुको सिकाइ प्रक्रियामा ह्रास आउँन सक्छ । नतिजा राम्रो बनाउन हौसला र उत्प्रेरणा दिएर पढाइतर्फ ध्यानआकर्षित गर्नुपर्दछ । विद्यार्थीलाई शिक्षक, अभिभावक दुवैले सहज, प्रेरक, मायालु शब्दका साथ सम्झाउँदै मनोवैज्ञानिक रूपले हौसला दिनुपर्दछ ।
विद्यार्थीले गृहकार्य गरेनन् भनेर सधैं कराउनु, पिट्नु, हप्काउनु हुँदैन । चाडपर्व, विवाह, बिरामी, अभिभावकको बेवास्ता, कापी कलमको अभाव, काममा जार्नुपर्ने बाध्यता इत्यादि विविध कारणले गृहकार्य नगरेका हुनसक्छन् । विद्यार्थीको मनोभाव बुझेर काम गर्दा उनीहरुमा मानसिक तनाव/दबाब पर्दैन । अभिभावकहरुले जति बेला पनि पढ्ने-पढ्ने-पढ्ने भन्ने मानसिकतालाई खुकुलो बनाउँदै पढाइका साथ खेलकुद, मनोरञ्जन, घुमफिर जस्ता कुरामा विशेष ध्यान पुर्याउनुपर्दछ । अध्ययन प्राथमिक विषय हो भने अध्ययनका साथसाथै सिक्नु र प्रतिभाको प्रस्फुटन गर्नु महत्वपूर्ण विषय हो ।
विद्यार्थीहरुले उमेर बढ्दै जाँदा साथीहरुको लहैलहैमा लागेर अनैतिक क्रियाकलाप गर्ने, लागू पदार्थ सेवन गर्ने, क्लास बंक गर्ने, विकृतिजन्य कार्य गर्ने गर्दछन् । उनीहरुको व्यवहारमा आएको फेरबदल, समयको दुरुपयोग, अध्ययनको स्तर, साथीहरुको स्वभाव, शारीरिक अवस्था, अभिभावकसँगको व्यवहार, व्यवहारमा आएको परिवर्तन जस्ता कुराबाट उनीहरु गलत संगतमा लागेका छन् वा छैनन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
सत्यकर्ममा लाग्नु, परहित हुने कार्य गर्नु, अरूलाई दुःख पीडा नदिनु, दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु, नपात्तिनु सबैसँग मिलेर बस्नु, असल मानिसका कर्म हुन् । हामीले जस्तो कर्म गछौं त्यस्तै फल प्राप्त गर्दछौं । तसर्थ कर्ममा विश्वास गरेर अगाडि बढ्नु नै हामी सबैको भलो हुन्छ ।
शारीरिक रूपमा स्वस्थ भएमा मात्र जाँगर उत्पन्न हुन्छ । शरीर स्वस्थ भएन भने पढ्न अल्छी लाग्ने, जाँगर नचल्ने, शिक्षक-अभिभावकको कुरा मान्न हिचकिचाउने, साथीहरुसँग घुलमिल गर्न नचाहने जस्ता समस्याहरु उत्पन्न हुनसक्छन् । स्वस्थ रहनका लागि आहारविहारमा विशेष ध्यान दिनुपर्दछ । घर बाहिरका, प्लाष्टिक प्याकिङ्ग गरेका, अवैध, अखाद्य पदार्थ मिसएका खानेकुराबाट बालबालिकालाई टाढै राख्नु पर्दछ । पानीपुरी, चटपटे, चिजबल, कुरकुरे, आलुचिप्स, चाउचाउ, बिस्कुट जस्ता प्लाष्टिक प्याकिङ्ग फुटको साटो घरमा बनाएका ताज, सफा स्वच्छ खानेकुराप्रति आकर्षित गर्नुपर्दछ । समय समयमा हरियो सागपात, फलफूल, माछामासु, अण्डा, गेडागुडीको सर, टुसा उमारेका गेडागुडीको सुप खुवाउनुपर्दछ । शरीरलाई हानी गर्ने अखाद्य पदार्थले शारीरिकका साथै मानसिक तनावसमेत सिर्जना हुने हुँदा यस्ता खानामा विशेष ध्यान पुर्याउनुपर्दछ ।
पछिल्लो समय के शिक्षित, के अशिक्षित, के हुनेखाने के हुँदा खाने प्रायः सबैको हातहातमा मोबाइल पुगिसकेको छ । घरमा अभिभावक अधिकांश समय सामाजिक सञ्जालमा व्यस्त रहन पुग्दा बालबालिकामा पनि त्यसको छाप पर्नु स्वभाविक हो । अभिभावले पुस्तक पढ्ने, साहित्यिक सिर्जना गर्ने, वैज्ञानिक अनुसन्धानका पुस्तकहरु किनेर पढ्ने हो भने अवश्य पनि त्यसको प्रभावले पुस्तक पढ्नुपर्ने रहेछ भनेर बालबालिकामा सकारात्मक छाप पर्न सक्छ । आफू चाहिँ मोबाइल चलाएर÷टिभी हेरेर बस्ने अनि छोराछोरीलाई पढपढ भन्दा बाबुनानीलाई पत्याउन पनि कठिन भएको हुनसक्छ । अर्को कुरा म अहिले सानै छु मेरो काम पढ्ने हो ।
समयमा नपढे के कस्ता दुःखकष्ट भोग्नुपर्छ । पढ्ने मानिसको जीवन कसरी चल्न पुग्दछ अनि नपढ्ने व्यक्तिको जीवन कस्तो हुन्छ ? विश्वका वैज्ञानिक, शिक्षाविद्, डाक्टर, इन्जिनियर, समाजसेवी प्राध्यापक, साहित्यकार जस्ता मानिसको जीवनीको बारेमा अध्ययन गराएर, बुझाएर, सिकाएर, उनीहरुका भिडियो देखाएर, आफैंलाई पढ्न लगाएर सो कुराको बोध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरुलाई पढाइप्रति आकर्षित गराउन सकिन्छ ।
सत्यकर्ममा लाग्नु, परहित हुने कार्य गर्नु, अरूलाई दुःख पीडा नदिनु, दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु, नपात्तिनु सबैसँग मिलेर बस्नु, असल मानिसका कर्म हुन् । हामीले जस्तो कर्म गछौं त्यस्तै फल प्राप्त गर्दछौं । तसर्थ कर्ममा विश्वास गरेर अगाडि बढ्नु नै हामी सबैको भलो हुन्छ । सत्य, न्याय, शान्ति, अहिंसा जस्ता कुराले सत्यलाई अँगालेका छन् । सत्मार्गमा लाग्न सत्यलाई अँगाल्नुपर्छ । बालबालिकाहरुलाई कडा अनुशासनमा राख्ने, ज्यादै पुलपुल्याउने गर्नाले कालन्तरमा यसको परिणाम निराशाजनक हुनजान्छ । उनीहरुलाई स्नेहका साथै अनुशासनको परिधिमा पनि राखौं । यसको अर्थ कडा पनि होइन र छाडा पनि होइन ।
बालबालिकालाई नैतिक, सामाजिक, सांस्कृतिक एवं व्यावहारिक ज्ञानका कुरा सिकाउनु अभिभावकको प्रमुख दायित्व हो । उनीहरुले बोलीचालीको भाषादेखि आफन्तसँगको सम्बन्ध, नाता, व्यवहार, मानसम्मान, आदरसत्कार सद्भाव, सद्व्यवहार, अनुशासन, जस्ता कुराको ज्ञान घरबाट नै सिक्ने गर्दछन् । हामीले आफ्ना छोराछोरीलाई कुनै व्यक्तिसँग भेट्दा सुरुमा गरिने नमस्कारदेखि छुट्ने बेलासम्मका शिष्टाचार सिकाउनुपर्दछ । असल मानिस बन्न असल व्यवहार अनिवार्य सर्त हुन जान्छ । व्यक्तिअनुसार बालक, युवा, तन्नेरी, वृद्धावस्था हेरेर व्यवहार गर्नुपर्छ । अभिभावकले आफ्ना आफन्त, इष्टमित्र, नातागोता अनुसार नाता सम्बन्ध चिनाउने, ढोग्ने, संस्कार सिकाउने, आदरसम्मान, चालचलन, सामाजिक मूल्यमान्यता, रीतिरिवाज सिकाउनुपर्दछ । (रिलायन्सइन्टर नेशनल स्कुल मिलनचोक कपन)







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts