ढाका । विदेशमा बसेर काम गर्ने बंगलादेशी नागरिकहरूले चालु आर्थिक वर्षको पहिलो छ महिनामै करिब ११ अर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । चालु वर्षमा गैरआवासीय बंगलादेशी नागरिकबाट आउने विप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मंगलबार बताउनुभएको छ । उहाँका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर विप्रेषण रेकर्ड भएको छ । जुनअघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा एक सयभन्दा बढी देशहरूबाट करिब एक करोड बंगलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर विप्रेषण पठाएका थिए । बंगलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विप्रेषण खाडी देशबाट आउने गर्छ । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts