ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिका-१ मा रहेको दैमाडुमा नेपाल दुरसञ्चार प्रणालीको ‘फोरजी’ टावर निर्माण भएसँगै सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा गाउँपालिका अध्यक्ष लालकेश जैसीको विशेष पहलमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् ।

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएको थियो । अध्यक्ष जैसीले भन्नुभयो, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको कामसमेत सहज हुने छ ।”

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना प्रवाहमा सहज हुनुका साथै अन्य सूचना समेत थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजकोटबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर जानकारी पाउने भएका छन् । ताँजकोटका ५ वटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष जैसीले बताउनुभयो ।

ADVERTISEMENT

जनताका कामहरुलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज हुने भएकाले ताँजकोट गाउँपालिका इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट हुने सबै काम सजिलो हुने भएको उहाँको भनाई छ ।

यसअघि ताँजकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्याबाट छुट्कार मिलेको छ । ताँजकोट गाउँपालिका अध्यक्ष जैसी निर्वाचित भएलगतै एक बर्ष पछि उहाँको पहलमा ताँजकोटका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजकोट गाउँपालिकाका निमीत प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताउनुभयो । टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?