सर्लाहीका उखु किसानले पाए अनुदान रकम

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही – सर्लाहीका उखु किसानले एक वर्षपछि अनुदानको रकम प्राप्त गरेका छन् । छिमेकि जिल्लाका किसानले केही महिना नै यो रकम प्राप्त गरेका थिए ।

नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार प्रत्येक उखु किसानको खातामा अनुदानको रकम प्राप्त भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले गएको बिहीबार बैङ्क तथा वित्तीय संस्थाहरुलाई अनुदान रकमको चेक हस्तान्तरण गरेको थियो ।

किसानले आन्दोलन गरेपछि सरकारले अनुदान रकम पठाएको मैनालीको भनाई छ । गएको वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ तय गर्दा उद्योगीले ५४० रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

सर्लाहीका उखु किसानका लागि वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपर्नेमा सरकारले दशैँ अघि ११ करोड २६ हजार ६३८ रुपियाँ मात्रै निकासा गर्‍यो। अधुरो रकम निकासा भएर आएपछि तिहारअघि किसानलाई ३० प्रतिसतका दरले अर्थात् ७० रुपियाँमध्ये २१ रुपियाँका दरले भुक्तानी दिइएको थियो ।

ADVERTISEMENT

सरकारले भर्खरै बाँकी अनुदान रकम पठाएपछि किसानको बक्यौता रहेको ४९ रुपियाँ प्रत्येक किसानको खातामा पठाइएको हो । सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले गएको बिहीबार प्रत्येक बैङ्क एवं वित्तीय संस्थाहरुलाई चेक हस्तान्तरण गर्दा तत्कालै किसानको खातामा रकम हालिदिन निर्देशन दिइएको बताउनुभयो ।

उहाँले किसानलाई आफ्नो अनुदान रकम आउने बैङ्कमा गएर रकम आए÷नआएको बुझ्न आग्रह गर्नुभएको छ । सरकारले यस वर्षका लागि केही साताअघि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपियाँ निर्धारण गरिसकेको छ ।

उद्योगीले ५६५ रुपियाँ र सरकारले अनुदानबापत ७० रुपियाँ उपलब्ध गराउने उल्लेख छ । उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीले यो वर्ष मधेश प्रदेश सरकारले समेत प्रतिक्विन्टल १० रुपियाँ थप अनुदान रकम दिने घोषणा गरेकाले सो अनुदान रकमका लागि पनि पहल जारी राखिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?