थारु आयोगको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानले सबैलाई समान अधिकार दिएको बताउनु भएको छ ।  प्राप्त अधिकार कार्यन्वयनका लागि सबैले संविधान अनुसार काम गर्नुपर्ने उहाँको भनाई छ।

थारु आयोगको प्रतिवेदन बुझ्नका लागि मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्नुभयो।

पुरानो संविधानले जनतालाई अधिकार नदिएकाले नयाँ संविधान लेखिएको बताउँदै २०७२ को संविधानले धेरै क्षेत्रलाई समेटेको प्रदेश प्रमुख शेरचनको भनाई छ। २०४० वर्षदेखिको राज्य व्यवस्थाले आदिवासीलाई पछाडी पारेकाले गणतन्त्र स्थापनापछि अधिकारका लागि विभिन्न आदिवासी जनजाती आयोगहरु गठन गर्नुपरेको प्रदेश प्रमुख शेरचनको भनाइ थियाे ।

ADVERTISEMENT

नामको मात्रै आयोगको अर्थ नहुने बताउँदै आयोगले दिएको काम, कर्तव्य र अधिकार अनुसार काम गरेर देखाउन सकेमा आयोग गठन भएको पुष्टि हुने बताउनु भयो। आदिवासी जनजातिले ढिलो बुझ्ने र ढिलो काम गर्ने भएकाले आफैँ पछाडी परेको उल्लेख गर्दै काममा सकृयता बढाउन आग्रह पनि गर्नुभयाे ।

उक्त कार्यक्रममा बोल्दै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा थारु भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सरकारसँग माग गर्नु भयो । मुक्त कमैया, कम्लहरी, हलिया र हररवाचरवाको बस्तुस्थिति अध्ययन प्रतिवेदन २०७८ कार्यान्वयन गर्नुपर्ने उहाँकाे भनाइ थियाे । प्रदेश प्रमुख कार्यालय प्रमुख धर्मा अर्यालको सञ्चालनकमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?