गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार ८२२ पुग्यो

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । गाजा पट्टीमा इजरायली हमलाका कारण प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै ५६ हजार ४५१ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले इजरायली सेनाले विगत २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएको बताउनु भयो ।

ADVERTISEMENT

यसैबीच पूर्व एन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल-अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्य गाजा पट्टीको अल-मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज