हरिपुरमा ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइयो

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको हरिपुरमा आज ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ । नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को आयोजनामा हरिपुरस्थित प्रेमलता होटलमा अन्तक्र्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।

क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मधेश प्रदेश समिति सदस्य उदय नारायण चौधरी, जिल्ला सहसचिव इन्द्र योन्जन, क्षेत्रीय कोषाध्यक्ष शालिग्राम लम्साल, प्रदेश सभापति (क) का अनिल कर्ण र (ख) का सीताराम दाहाल, महासमिति सदस्यहरु सुशील शर्मा, युवराज देवकोटा, हरिपुरका नगरप्रमुख गोपाल पन्जियार, तरुल दलका केन्द्रिय सदस्य बिभुसिंह थापा, हरिपुरका निर्वतमान सभापति ध्रुवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रमका सहभागीहरुले विपीको तस्बिरमा माल्र्यापण गर्दै विपीको जीवनबारे चर्चा गरेका थिए । २०३३ पौष १६ गते पार्टी संस्थापक नेता विपि कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फकिएको दिनको सम्झनामा नेपाली कांग्रेस दिवस मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?