नेप्से परिसूचकमा आठ दशमलव ७५ अंकको गिरावट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुइ हजार नौ सय पाँच पटक खरिद बिक्री हुँदा रू चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०१, विकास बैंक शून्य दशमलव १०, लगानी र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव ०७ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले बढेको छ । जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा धेरै एक दशमलव ७२ प्रतिशतको गिरावट देखिएको छ ।

ADVERTISEMENT

त्यस्तै वित्त शून्य दशमलव ८०, होटल तथा पर्यटन एक दशमलव ६७, जीवन बीमा एक दशमलव ५८, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ३१, निर्जीवन बीमा शून्य दशमलव ७५ र अन्य समूह शून्य दशमलव ३२ प्रतिशतले घटेको छ ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र चिर्खुवा हाइड्रोपावर लिमिटेडकोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २० करोड १३ लाख ७३ हजार छ सय ६२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने मोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको चार लाख ३७ हजार २७ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज