कांग्रेसको ४८औँ मेलमिलाप दिवसमा विभिन्न दलका शीर्ष नेताहरु (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाइरहेको छ ।

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ ।

४८ औं मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेता सहभागी हुनुभएकाे छ ।

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना भएको उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहेको हो ।

ADVERTISEMENT

कांग्रेसले राष्ट्रिय राजनीतिका राष्ट्रिय दल राप्रपा र रास्वपालाई भने आमन्त्रण गरेको थिएन ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज