काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा कार्यकर्ता जनतालाई पानी माग्दै त्रिपुरेश्वरस्थित खानेपानीकाे कार्यालयमा पुगेका छन् ।
काठमाडौं महानगर कमिटिले काठमाडौंमा पानीको हाहाकार जनतालाई पानी पिउन देउ सरकार भन्दै एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड परिसरमा आयोजित सो कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालको समेत उपस्थिति रहेको थियो ।
पानीको हाहाकारले तत्काल समाधान गर्न ज्ञापन पत्र समेत बुझाइएको थियो ।














