काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि कृषि उपजहरुको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुर प्रतिकेजी १५० रुपैयाँ, अनार ३०० रुपैयाँ हरियो अंगुर २२० र कालो अंगुर ३२० रुपैपाँ, किवी ३०० रुपैयाँ, आभोबाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३५ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ११० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
ब्रोकाउली ३० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन २५० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ ।
त्यस्तै, चमसूर र पालूगो साग ११० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, तराई परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, चाइनिज प्याज ६५ रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ केजी कायम गरिएको छ ।
सखरखण्ड ६० रुख कटहरर ११० रुपैयाँ तोकिएको छ । यसैगरी, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल सेतो मूला १२ रुपैयाँ, रातो मूला १५ रुपैयाँ लोकल घिउ सिमी ३० रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, लाम्चो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्र भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts