संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न नेपाली काँग्रेसको माग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसको हालै सम्पन्न केन्द्रिय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बन्धि संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयता सम्बन्धि ऐनहरु तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘संविधान जारी भएको ८ वर्ष बित्तिसक्दा पनि नयाँ संविधान अनुरुप संघीयताको कार्यान्वयन सम्बन्धि कानूनहरु निर्माण हुन सकिरहेका छैनन् । संविधान कार्यान्वयन तथा प्रदेश सरकारका क्षेत्राधिकारसँग जोडिएका आवश्यक धेरै कानुनहरु अझै बन्न नसक्दा यसले तीन वटै तहका सरकार सञ्चालनमा असहज भएको छ भने नागरिकका मौलिक हक, अधिकारको कार्यान्वयनमा समेत विलम्व भइरहेका छन् । यस विषयमा प्रदेश सरकारका तर्फबाट पटकपटक संघीय सरकारसँग माग गर्दै आएकाले संघीयतासँग जोडिएका संघीयता सम्बन्धि संघीय निजामती ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐनजस्ता पारित हुने प्रक्रियामा रहेका अविलम्व पारित गर्न यो बैठक सरकारसँग माग गर्दछ । ’

काँग्रेसले संघीयता कार्यान्वयनमा ढिलाई हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानून निर्माणमा ढिलाई गर्न नहुने निष्कर्ष निकालेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?