नयाँ वर्ष लक्षित फेवा तालमा डुंगा प्रतियोगिता (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

पोखरा । पोखरामा जारी २५ औं पोखरा सडक महोत्सवमा तेश्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ।

रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान) को आयोजनामा भएको प्रतियोगिताको खुल्ला तर्फको प्रतिष्पर्धामा स्वीमिङ घाट ए विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोश्रो र तेश्रो भए।

विजयी टोलीले २० हजार नगद पुर्सकार जित्यो भने दोश्रो १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी संस्थागत तर्फको प्रतिष्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोश्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएसनले तेश्रो स्थान हासिल गर्‍यो ।

उनीहरुलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक वीरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

ADVERTISEMENT

यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशम बहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोश्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेश्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १०, ७ तथा ५ हजार नगद पुरस्कार हात पारे। वेटेर्स तर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोश्रो हुँदा बेलिफकी रश्मी तिहारी तेश्रो भइन् ।

उनीहरुले क्रमशः ७,५ तथा ३ हजार नगत पुरस्कार जिते । उनीहरुलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्व अध्यक्ष बलराम पहारी लगायतकाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । 'सडकमै खाऔं सडकमै रमाऔं' भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ।

मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज