सप्तरीको खडक नगरपालिका मधेस प्रदेशकै दोश्रो बालविवाह मुक्त पालिका घोषणा

अनिल पोखरेल सप्तरी, संवाददाता
अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशमै दोश्रो बालविवाह मुक्त नगरपालिका घोषणा भएको छ ।

शुक्रबार एक समारोहकाबीच नगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको छ । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले बालविवाह मुक्त घोषणा गर्नु भएको थियो ।

मन्त्री यादवले मधेश प्रदेश सरकारको १० वर्षको रणनीति नै बालविवाह मुक्तको अवधारणा रहेको बतानु भयो । आगामी ४ वर्ष भित्रमा प्रदेशका कुनै पनि व्यक्ति निरक्षर नरहने गरि सरकारले काम गरिरहेको र सीमान्तकृत, गरीब, दलित सबै साक्षर हुने उहाँले बताउनु भयो ।

शिक्षामा मधेश प्रदेश सवै प्रदेशभन्दा कमजोर रहेको बताउदै आगामी ४ वर्षभित्रमा प्रदेशका कुनै पनि व्यक्ति निरक्षर नरहने गरि सरकारले काम गरिरहेको उल्लेख गर्नु भो । अभिभावक र शिक्षकले आफ्नो दायित्व बुझेर काम गरे शिक्षा मजबुत हुने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

उहाँले बालविवाह मुक्त घोषणा गरेकोमा नगरपालिकालाई धन्यवाद दिदै पालिकालाई साक्षर घोषणा गर्न पनि आग्रह गर्नु भयोे । ‘

जिल्ला समन्वय समितिका प्रमुख शिब नारायण साहले बालविवाह मुक्त भएपछि यसको कार्यान्वयनमा जोड दिनुभयो ।

सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीले घोषणा गरेपछि अझ कठिनाइ हुने बतानु भयो । हामीले १ वर्ष नै घोषणा गर्दा निकै चुनौती खेपिरहेको बताउँदै उहाँले बालबालिकाले दिने बालविवाह सम्बन्धी सूचना गम्भीर तरिकाले बुझ्नुपर्ने बताउनु भो ।

ADVERTISEMENT

कतिपय अभिभावक जन्म मिति घटाउन आउने गरेको बताउँदै उनले जनप्रतिनिधि यसतर्फ चनाखो रहनुपर्ने बताउन भो । ‘घोषणा गरेर मात्र हुँदैन यसमा निगरानी राखिरहनुपर्छ’ उहाँले भन्नुभयाे।

नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेन बर्दिबासका प्रमुख धना भुसाल, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, खडक नपा १० का अध्यक्ष राजेन्द्र चौधरी, सबल नेपालका अध्यक्ष जुना गिरी, भसराज उमाविका प्रधानाध्यापक सूर्यनारायण साह, बाल क्लब सञ्जालकी मञ्जुला साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बालविवाह मुक्त घोषणामा सहयोग गरेको भन्दै सेभ द चिल्ड्रेन राजविराज र महोत्तरी, सबल नेपाल राजविराजलाई कदर पत्र प्रदान गरिएको थियो ।

सबल नेपाल राजविराज र सेभ द चिल्ड्रेनको सहयोग र सहकार्यमा बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका २०७९ बमोजिम यो घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

मधेश प्रदेशमा पहिलो पटक सप्तरीकै सुरुङ्गा नगरपालिका गत वर्ष बालविवाह मुक्त घोषणा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?