काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । पुस १७ गतेदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्करूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
यसअन्तर्गत बैंकले पुस ४ गते सुदूरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाउँपालिका २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा एक सय ७० भन्दा बढी महिलाको स्वास्थ्य जाँच गरेको थियो । त्यस्तै बैंकले अन्य छवटा प्रदेशमा पुस महिनामा शिविर सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिकास्थित गौरीगञ्ज स्वास्थ्य चौकी, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाउँपालिका पाल्पास्थित छहरा स्वास्थ्य चौकी, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकी, गण्डकी प्रदेशमा अन्नपूर्ण गाउँपालिका ६ म्याग्दीस्थित पोखरेबजार आधारभूत विद्यालय र कोशी प्रदेशमा इलाम नगरपालिका ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा स्वास्थ शिविर सञ्चालन गर्ने भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts