कलैया उपमहानगरपालिकाले ६६ प्रतिशत सम्पति/मालपोत तथा भूमि कर बढायो

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बाराको कलैया उपमहानगरपालिकाले ६६ प्रतिशत सम्पति/मालपोत तथा भूमि कर बढाएको छ ।

कलैया उपमहानगरपालिकाले एकैचोटी ६६ प्रतिशत सम्पति/मालपोत तथा भूमि कर बढाएको कलैया उपमहानगरपालिका-७ का स्थानीय एवं नेपाल मजदुर किसान पार्टीका बारा जिल्ला अध्यक्ष मुक्ति यादवले आरोप लगाउनुभयो ।

'जनताको ढाडै सेक्ने गरी सम्पति कर बढाइए पनि कोही कसैले विरोध गरेको छैन,' उहाँले भन्नुभयो, ‘हामीले नबढाउन भनेका होइनौ तर एकैचोटी ६६ प्रतिशत सम्पति कर बढ्दा आमजनताहरुलाई समस्या खेप्नु परेको छ । देशको अर्थतन्त्र डुब्ने अवस्थामा छ । आम नागरिकहरु काम नपाएर बेरोजगार भएर सडकमा भौतारिनु पर्ने अवस्था रहेको छ ।' व्यापार व्यवसाय समेत ठप्प रहेको अवस्थामा यसरी उपमहानगरपालिकाले कर बढाउँदा झनै समस्या बढेको उहाँले आरोप लगाउनुभयो ।

सरकारले जनताको कमाई बढाउने तर्फ ध्यान दिनु पर्नेमा कमाई घट्दै गएको छ भने करको दायरा फराकिलो हुँदै गएको छ उहाँले भन्नुभयो,‘अब हामी जस्ता गरीब जनताहरुले उपमहानगरपालिकाको कर कसरी तिर्ने, कहाँबाट ल्याउने जस्ता कुराले हामी पिरोलिएका छौ । उपमहानगरपालिकाले छलफल नै नगरी आफू मनोपोली कर बढाएको उहाँले आरोप लगाउनुभयो ।’

ADVERTISEMENT

'हामीले कर तिर्दै आएका छौ तर तिरेको करले हाम्रो विकास हुनु भन्दा भ्रष्टाचार मौलाएको छ, हामीले भ्रष्टाचार मौलाउनका लागि कर तिरेका होइनौ, विकासको नाममा जनप्रतिनिधिहरुले ब्रह्मलुट मचाएका छन्, जता हेर्यो उता भ्रष्टाचारै भ्रष्टाचार बढेको देखिन्छ । वर्तमान स्थानीय सरकारले सुशासनको अनुभूति गराउन सकेको छैन । स्थानीय तहमा झनै भ्रष्टाचार मौलाएको छ यसको बारेमा नियमनकारी निकाय समेत मुक दर्शक बनेको देखिएको उहाँको आरोप रहेको छ ।’

मेरो ६ किता जग्गाको आर्थिक वर्ष २०७९/०८० मा कर तिर्दा ३ सय ६० रुपैया ४० पैसा रहेको थियो भने अहिले एकैचोटी ५ सय ४३ रुपैयाँ ४० पैसा कर वापतमा कलैया उपमहानगरपालिकाले लिएको उहाँले गुनासो गर्नुभयो । यसरी एकै चोटी ६६ प्रतिशत भन्दा बढी सम्पति कर बढाएर जनताहरुलाई दुःख दिने काम स्थानीय तहले गरेको उहाँले आरोप लगाउनुभयो ।

कर बढेको होइन कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले भन्नुभयो,‘जग्गाको मूल्यांकन बढेको कारण कर बढेको जस्तो लागेको हो । कलैया उपमहानगरपालिकाले नगरभरिको जग्गाको मूल्यांकन बढाएको कारण पहिला दिदै आएको कर र अहिले काटिएको करमा फरक देखिएको हो । हामीले जग्गा अनुसार मूल्यांकन बढाएका छौ । शहरी, ग्रामीण, औधोगिक र कृषिलगायतको वर्गमा जग्गालाई वर्गीकरण गरी मूल्यांकन बढेको कारण कर बढेको जस्तो लागेपनि कर नबढाइएको र मूल्यांकन बढेसँगै कर अटोमेटिक बढेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज