पाल्पाको विकास र सुशासनमा इमान्दारिताका साथ काम गर्छु : प्रजिअ काफ्ले

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आउनुभएका आनन्द काफ्लेले पाल्पाको विकास र सुशासनमा इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ । गृहमन्त्रालयबाट सरुवा भई हालै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएका प्रजिअ काफ्लेले जिल्लाका पत्रकारहसँगको भेटघाटमा यहाँको विकास र सुशासनको क्षेत्रमा आफु इमान्दारिताका साथ लाग्ने बताउनुभएको हो ।

उहाँले जिल्लाका जल्दोबल्दो समस्या समाधानमा समेत आफु कटिवद्ध भएर लाग्ने बताउनुभयो । काफ्लेले भन्नुभयो ‘अहिले नै यस्तो गर्छु, उस्तो गर्छु भनेर म भन्दिन तर यहाँका हरेक समस्या समाधानमा इमान्दारिताका साथ लाग्छु ।’ जिल्लामा शुसासन कायम गर्दै निति नियम र कानुनको परिधीमा रही सबैको समन्वयमा काम गर्ने उहाँले बताउनुभयो । पत्रकारहरुले जिल्लाका जल्दाबल्दा समस्या समाधानमा तदारुकताका साथ लाग्न आग्रह गरे अनुसार प्रजिअ काफ्लेले सरकारी विकास निर्माणका योजनादेखि शान्ति सुरक्षा, सुशासन, ट्राफिक व्यवस्थापन, खानीबाट उत्पन्न समस्यालगायतका समस्या समाधान गर्न दत्तचित्त र इमान्दार भएर लाग्ने बताउनुभएको हो । कुनै स्वार्थ राखेर काम नगर्ने पनि उहाँले बताउनुभयो ।

प्रजिअ काफ्लेले भन्नुभयो‘ स्वार्थ नहुँदा अधिकास समस्या समाधान हुन्छन्, सोही अनुसार म लाग्छु ।’ उहाँले पत्रकारहरुले दिएका सुझाव कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको समेत बताउनुभयो । प्रजिअ काफ्लेले केही समय विश्वास गर्न पत्रकारहरुलाई आग्रह गर्दै छिट्टै सबैले अनुभूत हुने गरी काम गर्ने पनि बताउनुभयो । उहाँले सिडिओलाई सहि तरिकाले उपयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । प्रजिअ काफ्लेले भन्नुभयो‘ तपाईहरुले प्राप्त गरेका सूचनाहरु मलाई पठाउनुहोस् , त्यसमा म कटिवद्ध भएर लाग्ने छु ।’

ADVERTISEMENT

उहाँले आफ्नो जिल्ला बसाई अस्थायी भएकाले रहँदासम्म इमान्दार, कर्तव्यनिष्ट भई शुसासनको क्षेत्रमा सक्रिय भएर लाग्ने पनि बताउनुभयो । उहाँले सरकारको मुख्य प्राथमिकता नै सुशासन र विकास भएकाले कुनै प्रकारको बदमासी र अनियमित कार्य नगरी विकास र सुशासनमा समर्पित हुनुपर्ने आवश्यकता रहेको समेत औल्याउनुभयो ।

कार्यक्रममा पत्रकारहरुले जिल्लामा टिपर अनियन्त्रित रुपमा सञ्चालन भएको, अत्याधिक ओभरलोड बोक्दा समेत प्रहरी मुखदर्शक भएको, सरकारी सवारी साधनहरुको दुरुपयोग बढेको, मालपोत कार्यालयमा सेवाग्राहीले अनावश्यक दुःख पाएको,जिल्लाका सरकारी कार्यालयहरुसूचनामैत्री नभएको,स्थानीय सरकारबाट सूचना लिन कठिन भएकाले सोही अनुसारको भूमिका निर्वाह गर्न प्रजिअ काफ्लेलाई आग्रह गरेका छन् ।

प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीहरुले अचाक्ली खाद्यन्नमा मूल्य वृद्धि गरेकाले त्यसतर्फ ध्यान दिन, स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि सहजिकरण गरिदिन, खानीहरुमा धर्मकाटको व्यवस्था मिलाउन, ट्राफिक व्यवस्थापन गर्न, सवारी साधान चेकजाँचका क्रममा हुने अनियमिता रोक्न पनि प्रजिअ काफ्लेलाई पत्रकारहले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?