स्याङ्जा । बिरूवा गाउँपालिका वडा नं. २ चेप्टे बस्ने ३९ वर्षीय चन्द्र ब. राना मृत भेटिएका छन् । उनी पौष ०५ गते ११:०० बजेको समयमा गोरू चराउन भनि मौवाघारी जंगलमा गएका थिए । बेलुका गोरू फर्की आएको तर मानिस फर्की नआएकोले खोजतलास भइरहेको थियो ।
यसै क्रममा उनको शव शुक्रबार बिहान ०९ बजे मौवाघारी जंगलमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
रानाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts