काठमाडौं । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरियन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ । नेपालकै पहिलो ओरियन्टल स्वादको चाउचाउ भेज र नन भेज दुवै विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
जसको मूल्य प्रतिप्याक ६० र फेमिली प्याकको तीन सय रुपैयाँ रहेको छ । कम्पनीका अनुसार उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरियन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ भइरहेको छ । नेपालभरका भाटभटेनीमा करेन्ट ओरियन्टल फ्लेभर नुडल्सको फ्री टेस्टिङ १५ दिनसम्म चल्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts