काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समिति बैठकले रामु पौडेललाई अध्यक्षमा चयन गरेको छ । उहाँले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको शपथ लिनुभएको छ ।
राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तनपछि क्लियरिङ हाउसमा गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको हो । पौडेलसँग केन्द्रीय बैंकका विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts