काठमाडौं । मोक्षदा एकादशीको अवसर पारेर लाखौँ गीताप्रेमीद्वारा ४२ घण्टे अखण्ड गीतापाठ नयाँ रेकर्ड कायम गर्न लागिएको छ ।
गीता जयन्ती (मोक्षदा एकादशी) आगामी शनिबार गीता परिवारमा जोडिएका १ लाख गीतासाधकहरुले पुस ७ गते बिहान ६ बजेदेखि पुस ८ गतेराति १२ बजेसम्म ४२ घण्टासम्म विश्वका १८० देशहरुबाट अनलाइन माध्यमबाट अखण्ड अष्टादश गीता पारायण गरेर विश्वमा पहिलोपल्ट नयाँ रेकर्ड कायम गर्न लागेका छन् ।
जसमा १८० देशहरुबाट हिन्दी, अंग्रेजी, मराठी, गुजराती, बांग्ला, कन्नड़, तमिल, तेलुगु, उड़िया, नेपाली, असमिया, मलयालम, सिंधीभाषी साधकहरुबाट श्रीमद्भगवद्गीताका १८ अध्यायका ७०० श्लोकहरुको १८ पटक शुद्ध वैदिक संस्कृत उच्चारणसहित अखण्ड गीता-पारायण हुनेछ ।
इच्छुक जो कोहीले उक्त प्रत्यक्ष कार्यक्रम learngeeta.com मा वा गीतापरिवारको Youtube Channel बाट प्रत्यक्ष हेर्न सकिने बताइएको छ । श्रीमद्भगवद्गीताको प्राकट्य आजभन्दा ५१६० वर्ष पहिले मोक्षदा एकादशीको दिन भएको मान्यताका आधारमा मोक्षदा एकादशीलाई गीता जयन्तीको रुपमा मनाउन थालिएको हो ।
गीता परिवारको पहिलो अन्तर्राष्ट्रिय शाखाको रुपमा रहेको गीता परिवार नेपालले आगामी गीता जयन्ती आगामी पुस ६ गते अर्थात् २२ डिसेम्बरका दिन पशुपतिनाथ मन्दिर नजिक रहेको सुमार्गी भवनमा १८ पुराणहरुको नेपाली अनुवाद गर्ने संकल्पसहितको विष्णुपुराण पुस्तक लोकार्पण गर्ने र साधकहरुद्वारा प्रत्यक्ष गीताश्लोकहरु वाचन गरी गीता जयन्ती मनाउने तयारी छ ।
त्यसैगरी पुस ६ गते धरानमा र पुस ७ गते बिराटनगरस्थित सत्यनारायण मन्दिर परिसरमा प्रत्यक्ष गीतावाचन गरी गीता जयन्ती मनाइने भएको छ । साथै गीतासाधकहरुले बनाएका अन्य दैनिक पारायण समूहहरुले पनि अनलाइन माध्यमबाट गीताजीको २४ घण्टे अखण्ड पारायण गरी मनाउने भएका छन् ।
सन् १९८६ मा स्थापना भएको गीता परिवार नामक संस्था विश्वमा श्रीमद्भगवद्गीताको प्रचारप्रसार गर्न र समस्त गीताप्रेमीहरुलाई निःशुल्क गीता पठनमा जोडाएर गीताजीको ज्ञान दिलाउने उद्देश्यले स्थापना भएको संस्था हो ।
कोरोना महामारीले विश्व नै कालकोठरीमा कैद भएको बेलामा अनलाइनको माध्यमबाट गीतापठन गराउने उद्देश्यले यसको अनलाइन निःशुल्क गीता कक्षाको शुभारम्भ भई हालसम्म लगभग ९ लाखभन्दा बढी गीताप्रेमीले अनलाइन कक्षाबाट शुद्ध वैदिक उच्चारणसहित गीता पठन, अध्ययन र गीताका दिव्योपदेशहरुलाई जीवनमा उतार्ने अभियानका साथ कक्षामा जोडिएर गीतापठन सिकिरहेका छन् । साथै हालसम्म नेपालीभाषी साधकहरु करिब ५००० साधकहरुले अनलाइनमा जोडिएर गीता अध्ययन गरिरहेका छन् ।
नेपाली लगायतका विभिन्न १३ वटा भाषामा विभिन्न लेवलमा गरी कक्षाहरु संचालन भइरहेका छन् भने ८००० भन्दा बढी गीतासेवीहरुद्वारा २००० भन्दा बढी जूमकक्षाको माध्यमबाट यो निःशुल्क शिक्षण अभियानमा निष्काम गीतासेवीको रुपमा सेवा दिइरहेका छन् । कोरोना कालदेखि सञ्चालनमा आएको अनलाइन क्लासमा जोडिएर ३ वर्ष देखि ९३ वर्षसम्मका हजारौं मानिसहरुले सम्पूर्ण गीता कण्ठ गरिसकेका छन् । Learngeeta App वा Learngeeta.com वेबसाइटमा गएर जोकोही गीताप्रेमी यसका गतिविधि अध्ययन गर्न र reg.learngeeta.com मार्फत आफुलाइ जोड्न सक्दछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts