कुवेतका अमिरको निधनमा आज झन्डा आधा झुकाएर नेपालमा शोक मनाइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ । नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा आज एकदिन शोक मनाउने भएको छ ।  आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै  कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ । अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

ADVERTISEMENT

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मंसिर ३० गते (सन् २०२३ डिसेम्बर १६) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?