काठमाडौं । जे.पी. प्रतिष्ठान (मैत्रीसेवाश्रम) को २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश सांसद प्रदीपकुमार सुनुवारको आतिथ्यतामा प्रतिष्ठानको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा प्रतिष्ठानकी अध्यक्ष शकुन्तला दाहालले वार्षिक प्रतिवेदन पेश गर्दै विगतको संयुक्त परिवारबाट विस्तारै समाज एकल परिवारउन्मुख भएपछि जेष्ठ नागरिकहरूको पछिल्लो अवस्था दुःखद् हुन थालेको बताउनुभयो । उहाँले विकशित मुलुकहरूमा जस्तो जेष्ठ नागरिकहरूका लागि नेपालमा सरकारले नै सामाजिक सुरक्षाअन्तर्गत जिम्मेवारी लिएको भएता पनि नेपालमा जेष्ठ नागरिकको क्षेत्रमा सरकारले खासै जिम्मेवारी नलिएको दावी गर्नुभयो ।
छोराछोरीहरूमा पनि बुढ्यौली अवस्थामा पालनपोषण गर्नुपर्छ भन्ने संस्कार कमहुँदै गएकाले प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. मित्रसेन दाहालले आफ्नोे मृगौला प्रत्यारोपण पछिको सम्पूर्ण समयलाई ज्येष्ठ नागरिकको सेवा र सुविधामा समर्पण गर्ने अठोट गर्दै २०६५ सालमा काठमाडौं जिल्ला शंखरापुर नगरपालिका-४ लप्सेफेदीमा प्रतिष्ठानको नाममा केही जग्गा खरिद गरी मैत्रीसेवाश्रमको सुरुवात गर्नुभएको थियो ।
जे.पी. प्रतिष्ठान नेपाल सरकार, नेपाली सेना (कल्याणकारी कोष) एवं विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट संयुक्त रूपमा निर्माण तथा सञ्चालन भएको नेपालको पहिलो परोपकारी एवं नविनतम सामाजिक परियोजना हो । मैत्रीसेवाश्रमलाई विश्वकै उदाहरणीय जेष्ठ नागरिक ग्रामको रुपमा स्थापित गर्ने लक्ष्य लिनुभएका संस्थापक अध्यक्ष मित्रसेन दाहालको २०७७ साल फागुनमा निधन भएको थियो ।
हाल मैत्रीसेवाश्रममा २२ जना ज्येष्ठ नागरिकहरूले सःशुल्क तथा निःशुल्क सेवा लिइरहनु भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । प्रतिष्ठानको उद्देश्य अनुसार निकट भविष्यमा नै ६० वर्ष नाघेका स्वदेशी तथा विदेशी जेष्ठ नागरिकहरूलाई मासिक न्यूनतम शुल्क लिई आधारभूत आवश्यकतासहित भोजन, विश्राम, काम, मनोरञ्जन र स्वास्थ्य सेवाको सन्तुलित व्यवस्थासहित नमूनाको रूपमा मैत्रीसेवाश्रम सञ्चालन गर्ने प्रतिष्ठानको उद्देश्य रहेको र निश्चित संख्यामा अशक्त, असहाय र राष्ट्रलाई उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई सबै सेवाहरू निःशुल्क प्राप्त हुने गरी मैत्रीसेवाश्रमको एउटै छानामुनि ज्येष्ठ नागरिक प्राकृतिक मैत्री आवासीय कुटी, कोठा तथा सामूहिक बसाईको व्यवस्था समेत गर्ने प्रतिष्ठानका संस्थापक अध्यक्षको परिकल्पना पूरा गर्नका लागि सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका सचिव वामदेव शर्मा अधिकारी, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, सहप्रध्यापक डा. के.बी. सम्राट, मित्रसेन फाउण्डेशनका अध्यक्ष हरिप्रसाद दाहाल, प्रतिष्ठानका महासचिव डा. वालकृष्ण खनाललगायत अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts